झापामा बालयौन दुरुपयोग र लागूऔषध मुद्दाका फरार दुई प्रतिवादी पक्राउ
झापामा बालयौन दुरुपयोग र लागू औषध मुद्दाका फरार दुई प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बालयौन दुरुपयोग मुद्दाका बुद्धशान्ति गाउँपालिका–४ बाझोखेत टोलका ३२ वर्षीय मनकुमार राई र लागुऔषध मुद्दाका बुद्धशान्ति गाउँपालिका–४ कै किरात टोलका २७ वर्षीय सुरेन भन्ने सुरेन्द्र तामाङ रहेका छन् ।
राईलाई झापा जिल्ला अदालतको २०७८ मङ्सिर २ गतेको फैसला अनुसार बालयौन दुरुपयोग मुद्दामा ६ महिना कैद ५ हजार जरिवाना र २५ हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । त्यसैगरी झापा अदालतको २०७७ भदौ १७ गतेको फैसला अनुसार लागुऔषध मुद्दामा १ वर्ष कैद, ५ हजार जरिवाना र ४ सय रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । पक्राउ परेपछि दुवै जनालाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि झापा कारागार भद्रपुर पठाइएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प