२०८३ जेष्ठ २४ गते , आईतबार
झापामा ब्राउन सुगरसहित दुई युवती पक्राउ
शिवसताक्षी । झापाको शिवसताक्षीबाट लागु औषध ब्राउन सुगरसहित दुई युवती पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका -९ स्थित झरना टोल निवासी २४ वर्षीय झरना बिक र उनका साथी कमल गाउँपालिका-३ निवासी २४ वर्षीय सन्ध्या राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिकले आफ्नै घरमा लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले उनको कोठा चेकजाँच गर्दा ३ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । त्यसपछि प्रहरीले बिकसँगै रहेको साथी राईलाई समेत पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झिलझिलेमा लगेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प