२०८३ जेष्ठ २४ गते , आईतबार
इलाममा जेठाजुले गरे बुहारीको हत्या
इलाममा जेठाजुले धारिलो हतियार खुकुरी प्रहार गरी बुहारीको हत्या गरेका छन् । जिल्लाको माई नगरपालिका–३ मा ३९ वर्षीय जेठाजु सन्तोष खातीले २३ वर्षीया बुहारी अमृता खातीको दायाँ हातको पाखुरा र घाँटीको पछाडि गर्धनमा खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी अमृतालाई उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पतालमा लगिएको थियो । उनको उपचारकै क्रममा मङ्गलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न जेठाजु सन्तोष भने फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प