२०८३ जेष्ठ २४ गते , आईतबार

 बिर्तामोडको बद्रीवारिमा फेरि चोरी

sajilo news
झापा
२०८० असार २० गते , बुधबार
 बिर्तामोडको बद्रीवारिमा फेरि चोरी

बिर्तामोड । बिर्तामोड–९ बद्रीवारिमा मोटर र तारसँगै कुखुरासमेत चोरी भएको छ । गत असार १७ गते आइतबार राति स्थानीय केशव पराजुलीले पालेको अढाई केजी दरका चालिस वटा बोईलर कुखुरा चोरी भएको हो । पराजुलीले रातको एक बजेसम्म खोरको वरपर हेर्दा केही नभएको तर बिहान उठेर हेर्दा खोरको ढोका फुटाएर कुखुरा चोरी भएको बताए । यसरी उनले पालेको तीस हजार मूल्य बराबरको सय केजी कुखुरा चोरी भएको हो ।

पराजुलीले विगत सात वर्षदेखि कुखुरा पाल्दै आएका छन् । उनले आफ्नो कुखुरा पहिलो पटक चोरी भएको बताए। चोरी भएको भोलिपल्ट टोल विकास संस्थाका पदाधिकारी, प्रहरी र वडा अध्यक्षलाई जानकारी दिइएको समेत उनले बताए। बिर्तामोड–९ बद्रीवारिमा केही दिनअघि एकै रात १३ घरमा बिजुलीको तार र मोबाइल चोरी भएको थियो भने त्यसको केही दिनपछि पानीको मोटरलगायतका सामान चोरिएको थियो । तर प्रहरीले अझैसम्म चोर फेला पार्न सकेको छैन ।

सम्बन्धित समाचार