२०८३ जेष्ठ २४ गते , आईतबार

लागु औषधसहित ६ जना पक्राउ

sajilo news
झापा
२०८० असार २० गते , बुधबार
लागु औषधसहित ६ जना पक्राउ

झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर र औषधिसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापास्थित प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका- ३ निवासी २४ वर्षीय मनिष वाग्लेलाई शङ्कास्पद अवस्थामा चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ब्राउन सुगर फेला परेको थियो ।  ब्राउन सुगरसहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी मोरङस्थित इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका-८ निवासी २५ वर्षीय सुवास कार्की, सोही ठाउँका २५ वर्षीय लोकेश राई, लेटाङ- ९ निवासी २० वर्षीय दिबाहाङ राई, २० वर्षीय पवन वाग्दान र २६ वर्षीय अभिषेक दर्जीलाई लागु औषध स्पासपेन २ सय चक्की, ट्रामाडोल ६ सय ४५ चक्की र ५ सय ग्राम गाजासहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार