बलात्कार आरोपमा ओखलढुङ्गा र इलामबाट दुईजना पक्राउ
बलात्कार आरोपमा ओखलढुङ्गा र इलामबाट दुईजना पक्राउ परेका छन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका- ३ अधेरी बस्ने ६५ वर्षीय फिन्चुले भन्ने रुख वीर राईलाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
राईले २०७९ कात्तिक ८ गते र २०७९ मङ्सिर ११ गते सिद्धिचरण नगरपालिका-३ बस्ने ४४ वर्षीय फुर्तिमान भन्ने सागर राईले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनीहरूमध्ये रुख वीर राईलाई पक्राउ गरेको हो । हाल फरार सागर राईको प्रहरीले खोजी गरिरहेको छ ।
इलामको रोङ गाउँपालिका-१ शान्तिपुर कटहरे बस्ने ३० वर्षीय अमृत बहादुर राईलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
राईले ती बालिकालाई विगत ३ महिना अगाडि देखिनै जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोस्ट बर्फल्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प