२०८३ जेष्ठ २४ गते , आईतबार
४५ हजार घुस रकमसहित इन्जिनियर पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले एक इन्जिनियरलाई घुससहित पक्राउ गरेको छ। रुपन्देहीको कोटहीमाई गाउँपालिकामा कार्यरत इन्जिनियर अरविन्दकुमार यादवलाई ४५ हजार रूपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका सूचना अधिकृत भेषराज रिजालले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए।
गाउँपालिकामा सम्पन्न भएको निर्माण कार्यको भुक्तानीका लागि माग गरेको ४५ हजार रुपैयाँ घुस लिँदा लिदै यादवलाई गाउँपालिकाको कार्यालयबाट पक्राउ गरिएको उनले बताए।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प