२०८३ जेष्ठ २४ गते , आईतबार

दमकमा जुवा खेलिरहेका ७ जना पक्राउ

sajilo news
झापा
२०८० असार २१ गते , विहीबार
दमकमा जुवा खेलिरहेका ७ जना पक्राउ

झापाको दमकमा जुवा खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ  । प्रहरीले दमक नगरपालिका-४ स्थित पारिजात टोलका शेर बहादुर राईको घरमा कौडा खेलिरहेको अवस्थामा राईसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार रुपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

सम्बन्धित समाचार