२०८३ जेष्ठ २४ गते , आईतबार

गौरादहका सुनचाँदी व्यवसायी सम्पर्कविहीन, ३८४ जनाले दिए उजुरी, २१ करोड दाबी

sajilo news
झापा
२०८० असार २१ गते , विहीबार
गौरादहका सुनचाँदी व्यवसायी सम्पर्कविहीन, ३८४ जनाले दिए उजुरी, २१ करोड दाबी

बिर्तामोड । वडाध्यक्षलाई पत्र लेखेर सम्पर्कविहीन भएका झापा गौरादहका सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मा विरुद्ध ३८४ जनाले उजुरी गरेका छन् । आइतबार देखि हिजो बुधवारसम्म उक्त सङ्ख्यामा उजुरी परेको वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार सबै उजुरीकर्ताले पैसा फिर्ताको लागि उजुरी दिएका हुन् ।

कोभिड महामारी र आर्थिक मन्दीले आफ्नो व्यवहार बिग्रिएको भन्दै विश्वकर्माले वडाध्यक्षलाई पत्र लेख्दै सम्पर्कविहीन भएका छन् । सोही पत्रमा आफूलाई नखोज्न समेत लेखिएको थियो । विश्वकर्मा विरुद्ध उजुरी दिनेहरूले २१ करोड ६६ लाख १२ हजार ७ सय ९७ रुपैयाँ दाबी गरेका छन् । व्यापारी सम्पर्कमा नभएपछि उजुरी कर्ताहरू आफ्नो पैसा फिर्ता होला नहोला भन्ने चिन्तामा छन् ।

गौरादह नगरपालिका वडा नं २ डिपुचौक नजिकै सोम सुनचाँदी पसल सञ्चालन गर्दै आएका उनले सबै हरहिसाब सुरक्षित राखिदिएको जनाएका छन् । उनको खोजीका लागि वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयमा खोजी गरिदिन निवेदन दिएको छ ।

सम्बन्धित समाचार