२०८३ बैशाख १९ गते , शनिबार

स्वास्थ्य चौकी जलथलमा एमएनएच सम्बन्धी अनसाइट कोचिङ सम्पन्न

sajilo news
झापा
२०८० असार २१ गते , विहीबार
स्वास्थ्य चौकी जलथलमा एमएनएच सम्बन्धी अनसाइट कोचिङ सम्पन्न

हल्दिबारी । बर्थिङ्ग सेन्टरमा कार्यरत प्रसूतिकर्मीहरूलाई एमएनएच सम्बन्धी तीन दिने अनसाइट कोचिङ कार्यक्रम हल्दिबारी गाउँपालिका ४ स्थित स्वास्थ्य चौकी जलथलमा सम्पन्न भएको छ।

स्वास्थ्य चौकी जलथलमा मातृ तथा नव शिशु कार्यक्रम अन्तर्गत बर्थिङ सेन्टर कार्यरत प्रसूतिकर्मीहरूलाई एमएनएच सम्बन्धी प्रशिक्षण दिइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए । 

कार्यक्रमको समापन समारोहमा हल्दिबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा अध्यक्ष सन्तकुमार थापा, स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन नारायणी तुम्बापो र हल्दिबारी स्वास्थ्य शाखा प्रमुख निरौला लगायतको उपस्थिति रहेको थियो।

उक्त कोचिङको प्रशिक्षण मेची प्रादेशिक अस्पतालका नर्सिङ अधिकृत सिता भण्डारी र बिर्तामोड नगर अस्पतालका स्टाफ नर्स सरस्वती अधिकारीले गरेकी थिइन् । कार्यक्रममा बर्थीङ सेन्टर तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सिङ स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सबै गर्भवती आमाहरूले स्वास्थ्य संस्थामा नै सुरक्षित प्रसूति गराउन अनुरोध गर्दै घरमा प्रसूति गराउने कार्य खतरापूर्ण रहेको हुँदा सबै गर्भवतीहरूलाई स्वास्थ्य संस्थामामै प्रसूति सेवा लिन प्रोत्साहन गर्ने भनी सहभागीहरूले प्रतिबद्धता जनाएका थिए ।

सम्बन्धित समाचार