२०८३ बैशाख २४ गते , विहीबार

कोशी प्रदेश : मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखलाई एमालेले बुझायो ध्यानाकर्षण पत्र

sajilo news
मोरङ
२०८० असार २१ गते , विहीबार
कोशी प्रदेश : मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखलाई एमालेले बुझायो ध्यानाकर्षण पत्र

नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलले प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रदेश सभामुखलाई गणना गरी बहुमत पुर्याएको भन्दै मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखलाई आग्रह गरेको हो । मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीसमेतको टोलीले भर्खरै प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको छ । 

मुख्यमन्त्री कार्कीले हस्ताक्षर गरी बुझाउनुभएको ध्यानाकर्षण पत्रमा भनिएको छ ‘सभामुख निष्पक्ष र तटस्थ भूमिकामा रहने हुँदा कुनै निश्चित दलको सङ्ख्यामा गणना गरी सोही आधारमा प्रदेश सरकार गठन प्रक्रियामा बहुमत पुर्याएको भनी संविधानको धारा १६८ ९२० बमोजिमको सरकार गठनका लागि दाबी भइआएमा मुख्यमन्त्री नियुक्त नगर्न विनम्रतापूर्वक ध्यानाकर्षणपत्र पेश गरेको छु ।’

सभामुख बाबुराम गौतमले गत पुस २८ गते प्रदेशसभाको बैठकमा सभामुखको आसनबाट दलसँगको आबद्धताबाट अलग भएको घोषणा गर्नुभएको पनि एमालेले ध्यानाकर्षण पत्रमार्फत स्मरण गराएको छ । सो घोषणा अहिले पनि अभिलेखमा सुरक्षित रहेको उक्त घोषणालाई कानुनले लिखतसरह मान्यता दिने मुख्यमन्त्री कार्कीले दावी गरे।  

प्रदेशसभामा प्रस्तुत हुने जुनसुकै प्रस्ताव बहुमतबाट निर्णय हुने र अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार नहुने व्यवस्था संविधानको धारा १८६ ले गरेकाले सभामुखलाई सरकार गठनका बखत निर्णायक रुपमा प्रस्तुत गर्न नमिल्ने दाबी ध्यानाकर्षण पत्रमा गरिएको छ । 

सम्बन्धित समाचार