२०८३ बैशाख २४ गते , विहीबार

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको दाबी पेस

sajilo news
झापा
२०८० असार २१ गते , विहीबार
कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको दाबी पेस

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गरेका छन्। कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई, माओवादी केन्द्र एकीकृत समाजवादी र जसपाको समर्थन छ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले आज बेलुका ५ बजेसम्मको समय दिएका थिए। कोशी प्रदेशको गठबन्धनमा कांग्रेस २९, माओवादी केन्द्र १३ सभामुखसहित, एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी १ गरी ४७ सिट छ। शुक्रबार विश्वासको मत नपाएपछि एमाले नेतृत्व हिक्मतकुमार कार्कीको सरकार ढलेको थियो।

नेकपा एमालेले भने सभामुखसहितको गणनामा भएको दाबी पेस स्वीकार नगर्न प्रदेश प्रमुखलाई यसअघि नै आग्रह गरिसकेको थियो। 

संवैधानिक व्‍यवस्थाअनुसार यसरी बनेको सरकारले पनि ३० दिनभित्रमा सभाबाट विश्वासको मत लिनुपर्नेछ। यसरी विश्वासको मत लिन नसकेमा संविधानअनुसार सदनमा रहेको ठूलो दलका हैसियतले पुनस् एमालेकै सरकार बन्नेछ। थाहाखबरबाट साभार

सम्बन्धित समाचार