२०८३ जेष्ठ २४ गते , आईतबार
सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत दुई लाख घुससहित पक्राउ
मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लेखा अधिकृत ढकाल २ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको जनाइएको छ । नगरपालिकाको विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग
घुस लिइसकेको अवस्थामा उनलाई कार्यकक्षबाटै आयोगको ईटहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प