२०८३ जेष्ठ २४ गते , आईतबार
मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिने पक्राउ
झापा । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिने व्यक्त पक्राउ परेका छन् । बिर्तामोडस्थित बीएण्डसी हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक प्रसाईँलाई ज्यान मार्ने धम्की दिने व्यक्तिलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । ती व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले आज (मङ्गलवार) बिहान पक्राउ गरेको हो ।
व्यक्तिको पहिचान सीआईबीले खुलाएको छैन । सीआईबी स्रोतका अनुसार ती व्यक्तिले प्रसाईँसँग चन्दा भन्दै २० करोड रुपैयाँ मागेका थिए । प्रसाईँले सो रकम दिन अस्वीकार गरेपछि ती व्यक्तिले प्रसाईँलाई ज्यान मार्ने धम्की दिँदै आएका थिए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प