२०८३ जेष्ठ २४ गते , आईतबार
दमकमा ब्राउन सुगरसहित मेचीनगरकी रुपा पक्राउ
दमक । झापाको दमकमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-९ मा चेकजाँचको क्रममा मेचीनगर नगरपालिका- ७ की ४२ वर्षीया रुपा प्रधानलाई ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले उनको साथबाट ८ ग्राम ब्राउन सुगर बरामद गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प