२०८३ बैशाख २४ गते , विहीबार
काेशी सरकार भंग गर्न एमालेकाे माग
प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोशी प्रदेश सरकार असंवैधानिक ढंगले गठन गरेको भन्दै तत्काल भंग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग गरेको छ।
पार्टी कार्यालय च्यासलमा शनिबार बसेको एमाले सचिवालय बैठकले वर्तमान सत्ता गठबन्धनले संविधानको उलंघन गर्दै कोशी प्रदेशमा सरकार गठन गरेको भन्दै तत्काल भंग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग गरेको हो।
सरकार गठन गर्ने या हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा नेपालको संविधान वितरित भएको र यो संसदीय अभ्यासमाथिको नांगो प्रहार भएको एमालेको ठहर छ।