२०८३ जेष्ठ २४ गते , आईतबार
सप्तकोशी नदी किनारमा युवती समूहबीच कुटाकुट, एक पक्राउ
सुनसरीको सप्तकोशीको किनारमा तीन जना युवतीमाथि निर्घात कुटपिट भएको छ । जिल्लाको बराहक्षेत्र नगरपालिका–९ स्थित ५ जना युवती मिलेर ३ जना युवतीलाई निर्घात कुटपिट गरेको भिडीयो अहिले सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले आरोपीतलाई पक्राउ गरेको छ ।
कुटपिट घटनामा संलग्न १९ वर्षीया प्रिति लिम्बुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । असार २९ मा मादक पदार्थ सेवन गरेपछि दुई समूहको बिचमा भनाभन हुँदा झगडा भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पीडित पक्षका युवतीहरुले आइतबार जिल्ला प्रहरी कार्यालयमा घटनाबारे उजुरी दिएका छन् । किशोरीहरु बिच सामान्य विवाद हुँदा एउटा पक्षले अर्को पक्षलाई ‘बेइज्जत’ गरेको आरोपमा आक्रमण गरेका थिए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प