२०८३ जेष्ठ २४ गते , आईतबार
कन्याममा ब्राउन सुगरसहित दुई जना पक्राउ
इलामको सूर्योदय नगरपालिका–६ कन्यामबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा समालबुङका २१ वर्षीय प्रशिस खड्का र कन्यामका २५ वर्षीय समिर तामाङ रहेको इलाम प्रहरीले जनाएको छ ।
मेची राजमार्गमा बा २१ च ७९७१ नम्बरको कार चालक प्रशिस खड्कालाई चेकजाँच गर्दा ३ ग्राम ३८० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनीहरुलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिगनरमा राखिएको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प