२०८३ जेष्ठ २४ गते , आईतबार

भन्सार पास भइसकेपछि राजस्व अनुसन्धान विभागले गर्‍यो ठूलो परिणाममा सुन बरामद

sajilo news
काठमाडौं
२०८० श्रावण ४ गते , विहीबार
भन्सार पास भइसकेपछि राजस्व अनुसन्धान विभागले गर्‍यो ठूलो परिणाममा सुन बरामद

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिणाममा सुन बरामद गरेको छ। विभागले सुनसहित एक जना भन्सार एजेण्ट र ड्राइभरलाई नियन्त्रणमा लिएको छ। स्रोतका अनुसार मोटर पार्ट्समा लुकाएर सुन ल्याइएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले उक्त मोटर पार्ट्सको हिजै जाँच पास गरेको थियो। भन्सार कार्यालयका कर्मचारीले ठूलो परिणामको सुन जडित मोटरका पार्ट्सको कसरी जाँच पास गर्‍यो भन्ने विषयमा रहस्यमय बनेको छ। 

सुन ठूलो परिणाममा भए पनि राजस्व अनुसन्धान विभागले सोबारे केही खुलाउन चाहेन। स्रोतका अनुसार उक्त परिणाम ६० किलो बढी रहेको छ। राजस्व विभागले यस विषयमा अनुसन्धान गरिरहेको छ। अन्नपूर्ण पोष्टबाट

सम्बन्धित समाचार