पक्राउ परेको केही समयमै हलिउडकी सुपरमोडल जिजीको जमानत
हलिउडकी सुपरमोडल जिजी हदिद पक्राउ गरिएको खबर सार्वजनिक भए पछि उहाँ फेरि चर्चामा आइन । पक्राउ गर्दा जिजी आफ्नो साथी लिआ निकोल म्याक्कार्थीसँग केमेन टापु घुम्न जान लागेकी थिइन । केमेन टापुका कस्टम्स एन्ड बोर्डर कन्ट्रोलले यसबारे पुष्टि गरेको हो ।
जिजी हदिदलाई प्रहरीले लागूऔषध राखेको आरोपमा पक्राउ गरेको हो । निजी विमानबाट विमानस्थल पुगेका मोडलको सामान अधिकारीले स्क्यान गर्ने बेला केही नशालु पदार्थ भेटिएको थियो । घटना १० जुलाईको हो । सामान स्क्यान गरेपछि जिजीको सुटकेसको पूर्ण तलासी लिँदा नशालु पदार्थ भेटिएको हो ।
२८ वर्षकी जिजी र २९ वर्षकी लिआहलाई नशालु पदार्थ ओसारपसारको आरोपमा पक्राउ गरिएको थियो । त्यसपछि प्रहरीले उहाँलाई कैदी हिरासत सेन्टरमा पठायो । यद्यपि, पक्राउ परेको केही समय पछि नै उनीहरूले जमानत पाए ।
त्यसपछि जिजी र लिआह दुवैलाई १२ जुलाईमा अदालतमा पेस गरियो जहाँ उनलाई दोषी ठहर गरियो । मोडलमाथि एक हजार डलर जरिवाना तोकियो । जिजीविरुद्ध कुनै आपराधिक रेकर्ड नभएका कारण उनलाई जरिवाना तोकेर रिहा गरियो ।