२४ करोड ६५ लाख बढी रकम ठगी गर्ने गौरादहका सुन व्यवसायी विश्वकर्मा पक्राउ
झापा । झापा गौरादहका सुनचाँदी व्यवसायी सोम विश्वकर्मा बिहीबार काँकडभिट्टाबाट पक्राउ परेका छन् । उनलाई झापा प्रहरीको टोलीले नेपाल प्रवेश गरे लगत्तै पक्राउ गरेको हो ।
गत असार १५ गते चिठी लेखेर मलाई नखोज्नु भन्दै विश्वकर्माले गौरादह वडा नं १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको म्यासेन्जरमा पठाएर सम्पर्क विहीन भएका थिए । पक्राउ परेका विश्वकर्मालाई प्रहरी हिरासतमा राखिएको छ । गौरादहबासीको करोडौँ रकम ठगी गरेर भागेका विश्वकर्मा सिक्किम, दार्जिलिङसहित भारतको विभिन्न ठाउँ घुमेर फर्किएको बुझिएको छ । भारतीय नम्बर झापा प्रहरीले भेटेपछि विश्वकर्मा भाग्न नपाएको झापा प्रहरीले जनाएको छ ।
गौरादहका ४६६ जनाको २४ करोड ६५ लाख ३ सय ५५ रुपैयाँ हिनामिना गरेर उनी फरार भएका थिए । उनीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा पीडितहरूले असार २४ गते ठगी मुद्दा दर्ता गराइसकेको छ । प्रहरीका अनुसार उजुरीका आधारमा अब कानुनी प्रक्रिया अघि बढ्नेछ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प