२०८३ बैशाख २४ गते , विहीबार

कोशी प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार कायम रहन्छ : मुख्यमन्त्री थापा

sajilo news
रासस
२०८० श्रावण ७ गते , आईतबार
कोशी प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार कायम रहन्छ : मुख्यमन्त्री थापा

इनरुवा । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेपाली काँग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले कोशी प्रदेशमा नेपाली काँग्रेस नेतृत्वकै सरकार कायम रहने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा आज नेपाली काँग्रेस सुनसरीको जिल्ला सम्मेलनमा मुख्यमन्त्री थापाले उक्त दाबी गरेका हुन् ।

वर्तमान काँग्रेस नेतृत्वको सरकारले जनतालाई अनुभूति हुने गरी काम गर्ने समेत उनको भनाइ छ । कांग्रेसले कोशी प्रदेशमा पहिलो पटक नेतृत्व गर्ने अवसर पाएको बताउँदै उनले वर्तमान सरकार जनताको हितमा काम गर्नेमा प्रतिबद्धता व्यक्त गरे ।

वर्तमान सरकार नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको भन्दै उनले अदालतको आदेशले सरकारलाई काम गर्ने रोक नलगाएको बताए ।

सम्बन्धित समाचार