२०८३ जेष्ठ २४ गते , आईतबार

प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरी झापा ल्याइयो

sajilo news
झापा
२०८० श्रावण ८ गते , सोमबार
प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरी झापा ल्याइयो

प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका- ८ का ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाल खनाल रहेका छन्। 

दुवै जनाले प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ तथा अन्य प्रमुख नेताहरूसँग चिनजान रहेको भनी विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने विश्वास दिलाएर ठगी गर्ने गरेका थिए। 

विभिन्न कागजातहरूमा सही छाप गराई ४५ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको तथा ना ४ च ८६७० नम्बरको स्कारपियो जीपसमेत लिई गई फरार रहेकोमा उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। 

उनीहरूबिरुद्ध इलाका प्रहरी कार्यालय दमक झापामा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई जिल्ला अदालत झापाबाट पक्राउ पुर्जीसमेत जारी भएको थियो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान एंव कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमक पठाइएको छ। 

सम्बन्धित समाचार