२०८३ जेष्ठ २४ गते , आईतबार
बिर्तामोडमा एक नाबालकको रहस्यमय मृत्यु
बिर्तामोड । बिर्तामोड नगरपालिका- ७ मा एक नाबालकको रहस्यमय मृत्यु भएको छ । थप अनुसन्धानका लागि प्रहरीले पोस्टमार्टमका लागि नाबालकको शव धरान घोपा पठाएको छ ।
बिर्तामोड ७ नम्बर वडाध्यक्ष अविरल कृष्ण खरेलका अनुसार नाबालक रवि मियाका छोरा हुन् । नाबालकका बुबा मुस्लिम र आमा सन्थाल भएको बुझिएको छ ।
दश दिनअघि आमाले नाबालकलाई बुबाको जिम्मा लगाएर सम्पर्क विहीन भएको स्थानीयवासीले जानकारी दिए । आमा सम्पर्क विहीन भएपछि बुबासँगै बस्दै आएका नाबालकको आज राती निधन भएको हो । घटनास्थलमा प्रहरी पुग्दा नाबालकको घाटीमा कमिला धेरै कमिला देखिएको बताइएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प