ब्राउन सुगरसहित ६ जना पक्राउ
सुनसरी र मोरङबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले बिहीबार सुनसरीको धरान उपमहानगरपालिका ८ मा लागु औषध बिक्री वितरण भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा स्थानीय २२ वर्षीय साजन विक, ३३ वर्षीय सिताराम तामाङ, ४२ वर्षीय जनक राई, ३५ वर्षीय रबिन बराइली र २४ वर्षीय आलोक मगरलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट २ ग्राम ब्राउन सुगर फेला परेको थियो । त्यस्तै मोरङको रंगेली नगरपालिका ४ मा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले साईकल यात्री भारतीय नागरिक ७० वर्षीय भल्लु पासवानलाई शङ्का लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ४ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । लागु औषध सहित पक्राउ परेका उनीहरू माथि थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प