२०८३ जेष्ठ २४ गते , आईतबार
गोरुको मासुसहित तीन जना पक्राउ
मोरङको लेटाङबाट गोरुको मासुसहित तीन जनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको छ । लेटाङ नगरपालिका–६ कुशेचौरीका ६१ वर्षीय रामकुमार तामाङ, ४० वर्षीय धनकुमार तामाङ र लेटाङ–४ का ३९ वर्षीय नीरबहादुर दमाईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार गोरु काटेर मासु भागबन्डा गर्दै गरेको सूचना प्राप्त भएपछि प्रहरी टोली रामकुमार तामाङको घरमा पुगेको थियो । रामकुमारकै घरमा काटेको गोरुको मासु झोलामा ‘प्याक’ गर्दै गरेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको दाहालले बताए । पक्राउ परेकाको साथबाट अन्दाजी ३५ किलोग्राम मासु पनि प्रहरीले पक्राउ गरेको छ । तीनै जनालाई इलाका प्रहरी कार्यालय लेटाङमा राखेर थप अनुसन्धान अघि बढाइएको जानकारी दाहालले दिए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प