२०८३ जेष्ठ २४ गते , आईतबार
नाबालिका छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई ५२ वर्ष कैद सजायको फैसला
सोलुखुम्बुमा आफ्नै नाबालिका छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई ५२ वर्षभन्दा बढी कैद सजायको फैसला भएको छ । १० वर्षभन्दा कम उमेरकी आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने सोलुदुधकुण्ड नगरपालिकाका ३५ वर्षीय पुरूषलाई सोलुखुम्बु जिल्ला अदालतले ५२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो ।
गुरुङ थरका ती युवकलाई ५२ वर्ष ६ महिना कैद सजाय फैसला भएको स्रेस्तेदार नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए । ती पुरूषविरुद्ध ३ वटा कसुरमा सरकारी वकिलबाट सजायको माग दाबी गरिएको थियो ।
३ वटै कसुरमा सजायको फैसला भएको स्रेस्तेदार कालाखेतीले बताए । उक्त मुद्दा हाल उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा साधक जायरका लागि पेश भएको सोलुखुम्बु जिल्ला अदालतले जनाएको छ । अभियुक्त गुरुङलाई कैद भुक्तानका लागि जिल्ला कारागार सल्लेरी चलान गरिएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प