२०८३ जेष्ठ २४ गते , आईतबार
अर्जुनधारामा ब्राउन सुगरसहित एक जना पक्राउ
प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित झापाको अर्जुनधाराबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका- ११ बस्ने २५ वर्षीय निर्मल बुढाथोकी रहेका छन् ।
शुक्रबार दिउँसो साढे ३ बजेको समयमा जिल्ला प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले बुढाथोकीलाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट ५ ग्राम १०० मिलिग्राम ब्राउन सुगर, एक थान मोबाइल र नगद १५ हजार फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प