२०८३ जेष्ठ २४ गते , आईतबार
साइकलको ह्यान्डलभित्र ब्राउन सुगर ल्याउने इलामका लिम्बू झापामा पक्राउ
इलाम माङसेबुङ गाउँपालिकाका एक युवक प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित झापामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले शनिवार साँझ साढे ७ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका इलाम माङसेबुङ गाउँपालिका-९ का युवराज लिम्बूलाई झापा गाउँपालिका- ४ बाट पक्राउ गरेको हो ।
साइकल चढेर आउँदै गरेका ३० वर्षीय लिम्बूलाई शङ्का लागेर चेकजाँच गर्दा २ ग्राम ४ सय ५० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो । उनले साइकलको ह्यान्डलभित्र लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प