२०८३ जेष्ठ २४ गते , आईतबार
दमकमा ब्राउन सुगरसहित एक जना पक्राउ
दमक । झापाको दमक नगरपालिका- ९ स्थित चिया बगानमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । आइतबार दिउँसो साढे १० बजे लागु औषध बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोही ठाउँका स्थानीय २२ वर्षीय रोहित गौतमलाई पक्राउ गरेका थिए । शङ्कास्पद अवस्थामा रहेका गौतमलाई चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प