२०८३ बैशाख १९ गते , शनिबार
डेंगी सङ्क्रमणबाट एक महिलाको मृत्यु
पाल्पामा डेंगी रोगको सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । डेंगीबाट मृत्यु हुनेमा तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया वृद्धा महिला रहेको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिए ।
उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको जनाइएको छ । ती महिलामा साउन १६ गते डेंगी संक्रमण पुष्टि भएको थियो । संक्रमण भए पनि उनी सामान्य उपचार गरी घरमै आराम गर्दै आएकी थिइन् । समस्या बढ्दै गएपछि मात्र उनी आइतबार अस्पताल पुगेकी थिइन् । पाल्पामा डेंगीबाट ४८ जना संक्रमित भइसकेको ल्याब टेक्निसियन भट्टराईले जानकारी दिए ।