२०८३ जेष्ठ २४ गते , आईतबार
नक्कली नेपाली नोटसहित तीन जना पक्राउ
नक्कली नेपाली नोटसहित काठमाडौंबाट तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। सोमबार साँझ तारकेश्वर नगरपालिका-५ गोलढुंगा नगिनी खोला अगाडिबाट सशस्त्र प्रहरी बलले नक्कली नोटसहित खोटाङको दिचुप गाउँपालिका- ५ का लक्ष्मी पाण्डे, लमजुङको घुरती गाउँपालिका-२ का सुवास गुरुङ र रामेछापको गोकुलगंगा गाउँपालिका- १ का मदन दमाईलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीलाई आएको गोप्य सूचनाका आधारमा छापा हान्दा उनीहरुको साथबाट एक हजारको १८२ थान नक्कली नेपाली नोट, ४ वटा मोबाइल, १० वटा सिमकार्ड र पल्सर मोटरसाइकल बरामद भएको छ। उनीहरुको कोठाबाट नक्कली नोट बनाउन प्रयोग गरिएको खाली कागज पनि भेटिएको छ। उनीहरु भुइँतलामा घर भाडामा लिएर बसेका थिए।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प