२०८३ जेष्ठ २४ गते , आईतबार
बालिकाको तस्बिर दुरुपयोग गरी अश्लील भिडियो बनाउने दुई जना पक्राउ
बालिकाको तस्बिर दुरुपयोग गरी अश्लील तस्बिर र भिडियो बनाउने दुई जना पक्राउ परेका छन्। प्रहरीको साइबर ब्युरोले सिन्धुपाल्चोकको इन्द्रावती घर भएका १९ वर्षीय समीर तामाङ र सुरेश तामाङलाई पक्राउ गरेको हो। प्रहरी उपरीक्षक पशुपति कुमार रायका अनुसार उनीहरूले पीडित बालिकालाई फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाई कुराकानी गर्दै जाने क्रममा प्रेम सम्बन्धको बहाना बनाएको र अडियो र भिडियो कलको माध्यमबाट मानसिक तनाव दिन थालेपछि पीडितले फेसबुकमा ब्लक गरेकी थिइन्।
प्रोफाइल ब्लक गरेर सम्पर्कविहीन भएपछि पीडकले अन्य अपरिचित व्यक्तिको अश्लील फोटो र भिडियोमा पीडित बालिकाको अनुहार जोडेर सामाजिक सञ्जालमा प्रकाशन तथा प्रदर्शन गरी दुःख दिएको प्रहरीको भनाइ छ। पक्राउ परेका दुवैलाई काठमाडौँ जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प