२०८३ जेष्ठ २४ गते , आईतबार
झापामा ब्राउन सुगरसहित श्रीमान्-श्रीमती पक्राउ
दमक । झापाको दमकमा लागु औषध ब्राउन सुगरसहित श्रीमान्-श्रीमती पक्राउ परेका छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका- ३ घर भई हाल दमक- १ मा डेरा गरी बस्दै आएका २७ वर्षीय राजु बुढाथोकी र उनकी श्रीमती २८ वर्षीया सम्झना विश्वकर्मा (बुढाथोकी) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
लागुऔषध ब्राउन सुगर बिक्री वितरण भई रहेको विशेष सूचनाको आधारमा बिहीबार दिउँसो १२ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शङ्कास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा १ ग्राम ब्राउन सुगर, डिजिटल तराजु थान १ र २ थान मोबाइल बरामद गरेको थियो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प