२०८३ बैशाख १९ गते , शनिबार

डेंगीको प्रकोप : झापामा पुग्यो ७२७ संक्रमित

sajilo news
झापा
२०८० श्रावण २६ गते , शुक्रबार
डेंगीको प्रकोप : झापामा पुग्यो ७२७ संक्रमित

झापा। झापा जिल्लामा डेंगी सङ्क्रमितको सङ्ख्या ७२७ पुगेको छ । दिन प्रतिदिन डेंगी सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा साउन २५ गतेसम्म सङ्क्रमितको सङ्ख्या त्यति पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। सङ्क्रमितमध्ये १०४ जना अस्पतालमा भर्ना भएको स्वास्थ्य कार्यालय झापाका अधिकृत विश्वनाथ श्रेष्ठले बताए ।

साउन महिनामा डेंगी सङ्क्रमणबाट बिर्तामोड ५ मा दुई जनाको मृत्यु भइसकेको छ । बिर्तामोड नगरपालिकाले डेथ सर्टिफिकेटसहित डेंगी सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको रिपोर्टिङ गरे पनि स्वास्थ्य कार्यालयले त्यसलाई आधिकारिकता प्रदान गरेको छैन ।

सम्बन्धित समाचार