२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडमा डेंगु नियन्त्रणका लागि विषादी स्प्रे 

sajilo news
झापा
२०८० श्रावण २७ गते , शनिबार
बिर्तामोडमा डेंगु नियन्त्रणका लागि विषादी स्प्रे 

बिर्तामोड नगरपालिकाले डेंगु नियन्त्रणका लागि विषादी स्प्रे गर्न सुरु गरेको छ  । नगरपालिकाले शनिबार वडा नम्बर ५ देखि विषादी स्प्रे कार्य सुरु गरेको हो । बिर्तामोडमा पछिल्लो समय डेंगुको प्रकोप बढ्न थालेपछि यसको नियन्त्रणका लागि लामखुट्टे र  लार्भा नष्ट गर्न विषादी स्प्रे गर्न सुरु गरिएको वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईँले जानकारी दिए। 

विषादी छर्न वडा नम्बर ५ मा ३ दिन लाग्ने जनाइएको छ । तालिका अनुसार सबै वडामा पुगेर तालिम प्राप्त प्राविधिकहरूले विषादी स्प्रे गर्ने नगरका स्वास्थ्य शाखा प्रमुख राजीव कृष्ण बिस्टले जानकारी दिए । विषादी स्प्रे गर्नका लागि २ जना व्यवस्थापक र १२  जना प्राविधिक गरी १४ जना खटिएका छन् ।  बिर्तामोडमा शुक्रबार सम्मको तथ्याङ्क अनुसार ९० जनामा डेंगु संक्रमण भएको नगरका सिनियर अहेब अधिकृत दीपक सापकोटाले जानकारी दिए । डेंगुको कारण २ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार