२०८३ बैशाख ३ गते , विहीबार

नागरिकता पाएपछि अक्षयले भने : मन र नागरिकता दुवै हिन्दुस्तानी

sajilo news
एजेन्सी
२०८० श्रावण ३० गते , मंगलबार
नागरिकता पाएपछि अक्षयले भने : मन र नागरिकता दुवै हिन्दुस्तानी

बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । अभिनेता अक्षयले आफूले भारतीय नागरिकता पाएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका छन् ।

आफ्नो आधिकारी ट्वीटर ह्यान्डलमार्फत् उनले भारतीय नागरिकता पाएसँगै मन र नागरिकता दुवै हिन्दुस्तानी भएको बताएका छन् । ‘मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना,’ उनले ट्वीटरमा लेखेका छन् ।भारतीय नागरिकता लिनुअघि उनी क्यानडाको नागरिक थिए ।
 

सम्बन्धित समाचार