२०८३ बैशाख ३ गते , विहीबार

गायक अरिजीत सिंहको लाइभ कन्र्सट नेपालमा हुँदै

sajilo news
झापा
२०८० श्रावण ३१ गते , बुधबार
गायक अरिजीत सिंहको लाइभ कन्र्सट नेपालमा हुँदै

विश्व प्रख्यात भारतीय गायक अरिजीत सिंह, आफ्नो प्रस्तुति दिन नेपाल आउँदै । आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनका अनुसार “अरिजीत सिंह लाइभ ईन नेपाल”, नोभेम्बर २५ (मङ्सिर ९ गते) शनिवार हायात ग्राउन्ड, चाबहिलमा आयोजना हुने तय भएको छ।

आफ्नो सुमधुर आवाज र सङ्गीतका धनी अरिजीत सिंह नेपाली श्रोताहरूमाझ पनि निकै रुचाइएका गायकमा पर्दछन् । भारतीय पार्श्व गायकका रुपमा परिचित अरिजीत सिंह “तुम हि हो”, “केसरिया तेरा”, “झुमे जो पठान”, “खैरियत”, “अपना बना ले” जस्ता थुप्रै लोकप्रिय हिन्दी गीतहरूका लागि परिचित छन्।

ग्यारेज इन्टरटेनमेन्ट र एम।एन। प्रोडक्सन द्वारा आयोजित यस कार्यक्रमले नेपालको मनोरञ्जनको क्षेत्रमा ठुलो योगदान गर्ने विश्वास रहेको आयोजकको बुझाइ छ । विगतका दिनहरूमा पनि यस्तै थुप्रै कार्यक्रम हरू आयोजना गर्दै आएको र आगामी दिनहरूमा पनि यस क्षेत्रलाई थप उचाइमा पुर्‍याउनका लागि मद्दत गर्ने आयोजकको भनाई छ।

“अरिजीत सिंह लाइभ ईन नेपाल” को साधारण टिकट मुल्य रु। ४००० बाट सुरु हुने तथा थप सुविधाहरू सहित अरू टिकट दरहरू समेत उपलब्ध हुने आयोजक ले जनाएका छन् ।अगस्ट १५ (श्रावण ३०) बाट बिक्री खुल्ला हुने सो टिकट खल्ती डिजिटल वालेट बाट मात्रै खरिद गर्न सकिने छ।

नेपालमा विगत लामो समयदेखि विभिन्न कलाकार, सर्जक, गायक तथा सङ्गीतकारहरू लाई एउटै छाता मार्फत व्यवस्थापन, सङ्गीत सिर्जना, वितरण तथा कन्सर्टहरू आयोजना गर्दै आएको ग्यारेज इन्टरटेनमेन्ट र एम।एन। प्रोडक्सनले नेपालमा यस क्षेत्रको विकासका लागि थप योगदान पुर्‍याउने हेतुले भविष्यमा पनि यस्तै प्रकारका कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ।

 

सम्बन्धित समाचार