२०८३ बैशाख १९ गते , शनिबार

मेचीनगरमा १५ शय्या अस्पतालको शिलान्यास

sajilo news
झापा
२०८० भाद्र ३ गते , आईतबार
मेचीनगरमा १५ शय्या अस्पतालको शिलान्यास

मेचीनगर । मेचीनगरमा अस्पताल बन्ने भएको  छ । आज नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले उक्त १६ बेडको २४ सै  घण्टा इमर्जेन्सी सेवासहितको नगर स्तरीय अस्पताल भवनको शिलान्यास गरेका छन् ।

मेचीनगर- १० स्थित धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा बन्न लागेको अस्पताल भवनको शिलान्यास गर्दै  नगरप्रमुख बुढाथोकीले भवन निर्माण सम्पन्न भई अस्पताल सञ्चालनमा आउँदा नगरवासीलाई स्वास्थ्य सम्बन्धी उपचारमा थप सहज हुने बताए । 

एसियाली विकास बैङ्क मार्फत जापान सरकारको अनुदानमा  बन्ने भवन ६ महिनामा निर्माण सम्पन्न मेचीनगरलाई हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले बताइन् । उनले अहिले धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र बाट २४ सै  घण्टा  प्रसूति सेवा  र स्वास्थ्य बिमा कार्यक्रम  सञ्चालन भइरहेको बताउँदै अबको केही महिना पछि यस क्षेत्रबाट २४ सै घण्टा इमर्जेन्सी सेवासहित १५ शय्याको अन्तरङ्ग सेवा सञ्चालन गर्न सकिने बताइन् ।

अस्पताल भवन शिलान्यास कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगर १० का वडाध्यक्ष नारायण खनाल, ९ का वडाध्यक्ष कञ्चन तामाङ, कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक हृदय राजवंशी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश बस्ती,  स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौला, इन्जिनियर रोशन रिमाल, मेचीनगर १० का वडा सदस्य सोम ओझा, विशाल कार्कीलगायतका जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार