२०८३ बैशाख १९ गते , शनिबार

झापामा डेंगी सक्रमणबाट थप एकजनाको मृत्यु, ३३ जना अस्पतालमा भर्ना

sajilo news
झापा
२०८० भाद्र ५ गते , मंगलबार
झापामा डेंगी सक्रमणबाट थप एकजनाको मृत्यु, ३३ जना अस्पतालमा भर्ना

झापामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमण दिनानुदिन भयावह रुपमा बढ्दै जानेक्रममा थप एक जनाको मृत्यु भएको छ । कनकाई नगरपालिका ३ सुरुङ्गाकी करिब ५० वर्षीया महिलाको डेंगी सङ्क्रमणबाट मृत्यु भएको हो । हिजो बेलुकादेखि बिर्ता सिटी हस्पिटलको आइसियु भेन्टिलेटरमा डेंगी संक्रमित पवित्रा श्रेष्ठको उपचार भइरहेको थियो । आज साँझ उनको मृत्यु भएको आफन्त तिलरुपा श्रेष्ठले बताइन् । बिरामी श्रेष्ठलाई डेंगी पोजेटिभ देखिएको र त्योसँगै अन्य पनि समस्या रहेको बिर्ता सिटी हस्पिटलले जनाएको छ ।

योसँगै साउन महिनायता डेंगी सङ्क्रमणबाट झापामा चार जनाको मृत्यु भइसकेको छ । त्यस्तै भदौ ४ गतेसम्म झापामा डेंगी सङ्क्रमितको सङ्ख्या १२३८ पुगेको छ । ३ हजार ७४८ जनाको परीक्षण गर्दा त्यति जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । सङ्क्रमितमध्ये हाल ३३ जना अस्पतालमा उपचाररत रहेका छन् ।

सम्बन्धित समाचार