२०८३ बैशाख २४ गते , विहीबार

कोशी प्रदेशसभा बैठकमा एमाले र राप्रपाको नाराबाजी, बैठक अनिश्चितकालका लागि स्थगित

sajilo news
मोरङ
२०८० भाद्र ६ गते , बुधबार
कोशी प्रदेशसभा बैठकमा एमाले र राप्रपाको नाराबाजी, बैठक अनिश्चितकालका लागि स्थगित

कोसी प्रदेशसभा बैठक प्रतिपक्षी दलको विरोध र बहिष्कारका कारण अनिश्चितकालका लागि स्थगित गरिएको छ ।  नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री उद्धव थापाले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिएपछि बैठक बधुबारका लागि आह्वान गरिएको थियो । 

थापाले सभामुख इस्राइल मन्सुरीलाई समेत प्रयोग गरेर संविधानविपरीत विश्वासको मत लिएका थिए । बुधबारको बैठक सुरु हुनासाथ उठेर विरोध जनाउँदै प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले नाराबाजीमा उत्रिए। 

कानुनको धज्जी उडाएर मुख्यमन्त्रीलाई विश्वासको मत दिने सभामुखको अध्यक्षतामा सभा सञ्चालन हुन नसक्ने भन्दै प्रतिपक्षी नेकपा ९एमाले० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सदस्यले बैठक बहिष्कार गरेका हुन् । सभाध्यक्ष मन्सुरीले बैठक सुरु भएको घोषणा गरेलगत्तै एमाले र राप्रपाका प्रदेशसभा सदस्यले उठेर विरोध जनाए । 

त्यसपछि सभाध्यक्षविरुद्ध नाराबाजी गर्दै प्रदेशसभा सदस्यहरु बैठक कक्ष छाडेर बाहिरिएका हुन् । उनीहरुले ‘असंवैधानिक कदम मुर्दावाद’ भनेर नाराबाजी गरेका थिए । लगत्तै सभामुख मन्सुरीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।  

सम्बन्धित समाचार