२०८३ बैशाख १५ गते , मंगलबार

स्वास्थ्य बीमा बोर्डले झापाका दुई निजी अस्पताललाई सूचीबाटै हटायो

sajilo news
झापा
२०८० भाद्र ८ गते , शुक्रबार
स्वास्थ्य बीमा बोर्डले झापाका दुई निजी अस्पताललाई सूचीबाटै हटायो

स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका झापाका दुई वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाइएको छ । स्वास्थ्य बीमा बोर्डको ३२ साउनमा बसेको बैठकले सूचीबाट हटाउने निर्णय गरेको हो । बोर्डले झापाको बीएण्डसी टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर (बिर्तामोड) र लाइफ लाइन अस्पताल (दमक) लाई आफ्नो सूचिबाट हटाएको छ ।

सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने घोषणा गरेको थियो । त्योसँगै मेडिकल कलेजहरूले पनि आफूले दिँदै आएको सेवा बन्द गरेका थिए । सरकारले सरकारी, सामुदायिक र सहकारीबाट सञ्चालन भएका अस्पतालमा बीमामा कार्यक्रम सञ्चालन गर्ने उल्लेख भएपछि बोर्डले निजी अस्पताललाई पुनः नवीकरण रोकेर सूचीबाट हटाउन थालेको हो ।

सरकारी तथा सामुदायिक अस्पतालमा बिमितले औषधि तथा समयमा स्वास्थ्य सेवा नपाइने, सेवा प्राप्त गर्न लामो समय लाइन कुर्न बाध्य हुनुपर्ने, बीमा गरेका र बीमा नगरेका बिरामीको सेवामा विभेद हुने, अस्पतालमा धेरैजसो औषधि नपाइँदा निजी फार्मेसीबाट किन्नुपर्ने जस्ता समस्या भोग्नु परेको बीमाकर्ताको गुनासो छ ।

सम्बन्धित समाचार