२०८३ बैशाख १५ गते , मंगलबार
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा बिरामीलाई खाद्यान्न तथा फलफूल वितरण
भद्रपुर । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले प्रादेशिक अस्पताल भद्रपुरका बिरामीलाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ । रिलायबल इन्स्योरेन्स लिमिटेडको छैटौँ वार्षिकोत्सवको अवसरमा भद्रपुर शाखाले अस्पतालका बिरामीलाई खाद्यान्न तथा फलफूल वितरण गरेको हो ।
साथै शाखाले अस्पतालका पोषण गृहका बालबालिकाहरूलाई समेत फलफूल वितरण गरेको कम्पनीका एमडीआरटी तथा सिनियर एजेन्सी मेनेजर बाबुराम अधिकारीले जानकारी दिए । करिब एक सय जना बिरामीलाई खाद्यान्न तथा फलफूल वितरण गरिएको कार्यक्रममा भद्रपुर तथा बनियानी शाखाका कर्मचारीहरूको सहभागिता रहेको भद्रपुर शाखाका प्रमुख नीरप्रसाद अधिकारीले जानकारी दिए । रिलायबलले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत अन्य सेवा मूलक कार्यक्रमहरू समेत गर्दै आइरहेको उनले बताए ।