२०८३ बैशाख १५ गते , मंगलबार
झापामा १ हजार ७७३ डेंगी रोगी
साउन महिनायता चार जनाको मृत्यु भइसकेको डेंगी रोगको संक्रमण झापामा बढ्दो छ । दिन प्रतिदिन डेंगीका बिरामीहरू थपिँदै गएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार हिजो भदौ १५ सम्म झापामा डेंगी सङ्क्रमितको सङ्ख्या १ हजार ७७३ पुगेको छ । ५ हजार १८२ जनालाई परीक्षण गर्दा त्यति जनालाई डेंगी संक्रमण पुष्टि भएको हो । जिल्लामा ८२ जना डेंगी संक्रमितहरु अस्पतालमा उपचाररत रहेका छन् । जम्मा १२५ जना भर्ना भएकोमा ७३ जना निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।