२०८३ बैशाख १५ गते , मंगलबार

प्रादेशिक अस्पतालको निमेसुमा डा. खडका नियुक्त

sajilo news
झापा
२०८० भाद्र २० गते , बुधबार
प्रादेशिक अस्पतालको निमेसुमा डा. खडका नियुक्त

भद्रपुर । भद्रपुरस्थित प्रादेशिक अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर रामबाबु खड्का नियुक्त भएका छन् । दसौँ तहका वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. खड्कालाई कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अस्पतालको आर्थिक प्रशासनको कामको जिम्मेवारी तोक्दै  निमित्त मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरेको हो । सोही अस्पतालमा कार्यरत डा. खड्कालाई नियुक्त गरेको पत्र मंगलवार प्राप्त भएको जनाइएको छ ।

भद्रपुर– १० स्थित चन्द्रगढी निवासी डा. खड्का चर्चित सर्जन हुन् । उनी लामो समयदेखि प्रादेशिक अस्पतालमा कार्यरत छन् । अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको पद एघारौँ तहको हो । अस्पतालमा एघारौँ तहका डाक्टर नहुँदा वरिष्ठताको आधारमा डा. खडकालाई जिम्मेवारी प्रदान गरिएको जनाइएको छ । 

सम्बन्धित समाचार