२०८३ बैशाख १५ गते , मंगलबार
मेचीनगर नगरपालिका प्रमुख बुढाथोकीलाई डेँगु संक्रमण
मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई डेँगु संक्रमण पुष्टि भएको छ । नगर प्रमुख बुढाथोकीलाई शुक्रबार राति ११ बजेदेखि अचानक काम ज्वरोले सताएको थियो । अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, शरीर काप्ने, जिउ आलस्य हुनेलगायतका समस्याले सताएपछि औषधि खाँदै घरमै आराम गरिरहेकोमा आज डेँगु संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि आइतबार हरिहलेसी मेडिकल हल धुलाबारीमा गरिएको परीक्षणमा डेंगु पोजेटिभ देखिएको नगर प्रमुख बुढाथोकीका स्वकीय सचिव आशिष् पौडेलले जानकारी दिए । अब केही दिन नगरप्रमुख घरमै औषधि प्रयोग गर्दै आराम गर्ने र स्वास्थ्यमा सुधार आएपछि जनताको सेवामा लाग्ने उनले बताए ।