२०८३ बैशाख १५ गते , मंगलबार

सरकार र चिकित्सकबीच सहमति : चिकित्सक कुट्नेलाई कारबाही‚ स्वास्थ्य संस्था खोल्ने

sajilo news
झापा
२०८० आश्विन १ गते , सोमबार
सरकार र चिकित्सकबीच सहमति : चिकित्सक कुट्नेलाई कारबाही‚ स्वास्थ्य संस्था खोल्ने

आन्दोलनरत चिकित्सक र सरकारी वार्ता टोलीबीच हेटौंडामा डाक्टरमाथि आक्रमणमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन अनुसार कारबाही गर्ने सहमति भएको छ।

साथै आइतवारदेखि देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिक बन्द लगायतका घोषित सम्पूर्ण कार्यक्रम स्थगित गर्न नेपाल चिकित्सक संघ तयार भएको छ।

आफूले विज्ञप्तिमार्फत उठाएका माग सम्बोधन गर्न सरकार तयार भएपछि सहमति गरिएको नेपाल चिकित्सक संघले जनाएको छ। 

अतिरिक्त स्वास्थ्य सचिव डा। विकास देवकोटाको संयोजकत्वमा गठित वार्ता समिति र नेपाल चिकित्सक संघका अध्यक्ष सहितका प्रतिनिधिबीच वार्ता भएको थियो।

डिउटीमा रहेका चिकित्सकहरू डा। विकास थापा र डा। प्रशान्त बिडारीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न सरकार तयार भएको छ।

चिकित्सकहरूको सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन क्षमता अभिवृद्धि तथा विदेशिने प्रवृत्ति कम गर्ने लगायतका समस्या समाधान गर्ने गरी ३ महिनाभित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अगाडि  बढाइने पनि सहमति भएको छ। थाहाखबरबाट

सम्बन्धित समाचार