२०८३ बैशाख १५ गते , मंगलबार
इलामका एक बालिकाको डेंगु सङ्क्रमणबाट मृत्यु
डेंगु रोग सङ्क्रमणबाट इलामका एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम जिल्ला रोङ गाउँपालिका- ३ निवासी ददिराम राईको ४ वर्षीया छोरी निहान राई रहेका छन् ।
बालिका निहान बिरामी परेपछि भदौ ३० गते उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी हस्पिटल ल्याइएको थियो । हस्पिटल ल्याएको बालिकामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा सोही अस्पतालमा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।