२०८३ बैशाख १५ गते , मंगलबार

भद्रपुरमा लाइन्स क्लबको आँखा शिविर, ३६० जनाले गराए परीक्षण

sajilo news
झापा
२०८० आश्विन ११ गते , विहीबार
भद्रपुरमा लाइन्स क्लबको आँखा शिविर, ३६० जनाले गराए परीक्षण

भद्रपुर । लाइन्स क्लब अफ भद्रपुरको एक दिवसीय निःशुल्क आँखा शिविर बिहीबार सम्पन्न भएको छ । भद्रपुर नगरपालिका २ वडा नम्बर कार्यालयको सहयोग तथा मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा भद्रपुर-२ स्थित महिला सामुदायिक भवनमा भएको शिविरमा ३६० जनाले आँखा परीक्षण गराएका थिए ।

जसमध्ये १३ जनामा मोतिया बिन्दु देखिएकोले निःशुल्क शल्यक्रियाका लागि मेची आँखा अस्पताल पठाइसकेको लाइन्स क्लबकी अध्यक्ष शर्मिला अधिकारीले जानकारी दिइन् ।

आँखा परीक्षण गराउनेहरूलाई निःशुल्क औषधि वितरण गरिएको उनको भनाई छ । भद्रपुर नगरपालिकाकी नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा २ नम्बर वडा अध्यक्ष राम कँडेल, क्लबकी एरिया चिफ लगायतले मन्तव्य राखेका थिए । क्लबकी अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य भिपी उत्तम राजवंशीले राखेका थिए भने सञ्चालन क्लबकी सेक्रेटरी पार्वती ओझाले गरेकी थिइन् । 

 

सम्बन्धित समाचार