आश, प्रयास र म
मैले संसारलाई एक सुन्दर थलो सम्झिएको थिए । जहाँ मृगतृष्णा रमाउने गाउँ छ । जहाँ शिरीषको फूल फुल्ने सहर छ। जहाँ सूर्यको पहिलो किरणले मुस्कुराउने हिमाल छ र छन् जहाँ साना साना पहाड र पहाडमा फुलेका ती लालीगुराँस र डाँफे मुनालको आवाज छन् । जहाँ समतल भू-भाग जहाँ हरेक वर्ष धानका ती बालीहरूले गर्छन् हातेमालो र मेट्छ संसारको भोक र छन् जहाँ नदिका ती अनेकौँ मुहान जसले मेटाउँछ प्यास सँगसँगै अँध्यारो रातलाई । जहाँ रारा छ, फेवाताल छ, आलुबखडाले झुम्मिएको ठाउँ छ । कोइलीको मिठो आवाजसँगै सुन्दर बिहान र गोधूलि साँझ छ, जहाँ गुन्यो चोली र दौरा सुरुवाल लगाउनेको गाउँ छ, सुन्दरै त छ संसार हैन र ? तर कहाँ हुँदो रहेछ हरेक सुन्दर देखिने चिज सुन्दर ! संसार त केवल एउटा प्रतिबिम्बै न हो, जहाँ हरेक ऐनामा सुन्दर मुहार र हरेक तस्बिरमा मुस्कुराउँदै गरेको रहस्यमयी अनुहार छ। जहाँ हृदय भारी ईर्ष्या र ओठमा मिठास छ । जहाँ धनको बजारमा मन सस्तो तौलमा भेटिन्छ। जहाँ आफन्त त छन् तर आफ्नो कोही छैन, जहाँ मानिस त छन् तर मानवता छैन। हो यो हो ऐनामा नदेखिने संसार, यो नै हो तस्बिरमा नदेखिने संसार।
पुरुषको जीवन पनि अचम्मको छ, छोरा हुन्जेलसम्म आमा-बुबा भाइ-बहिनीको जिम्मेवारी, श्रीमान् हुँदा श्रीमतीको जिम्मेवारी र बुबा बनिसकेको पछि सन्तानको जिम्मेवारी। रोदनै रोदनले भरिएको जीवन नै पुरुषको जीवन हो। हो त्यो पुरुष भित्रको पुरुष हुँ म।
मेरो जीवन त काँडा र फूल मै अल्झिएको छ। तर आज म जीवन को काँडा र फूल दुवैलाई बयान गर्नेछु। हुन त एउटा सामान्य नेपाली परिवारमा मकवानपुरको स्वच्छ र सुन्दर भूमिमा जन्मेको हो म । मकवानपुरको किल्ला-किल्लाबाट वाकिफ भएर हुर्केको मलाई अझ पनि मकवानपुर नै प्यारो छ, मकवानपुरको ठिंगन नै प्यारो छ। हुन त म घरको साइँलो छोरा तर जिम्मेवारी भने जेठो छोरा जस्तै थियो। हुनपनि किन जन नहोस् छोरा जेठो होस् या कान्छो जिम्मेवारी ठुलै हुन्छ। छोरो भएर जन्मिदा खुसी त सब हुन्छन् । गाउँमा पनि मिठाई बाँडिन्छ किनकि छोराको आगमन भन्दा पनि अब घरको जिम्मा उठाउने अर्को पुरुष आइसकेको छ भन्ने कुराको बढी खुशीयाली हुन्छ हाम्रो घर परिवार र समाजमा । पुरुषको जीवन पनि अचम्मको छ, छोरा हुन्जेलसम्म आमा-बुबा भाइ-बहिनीको जिम्मेवारी, श्रीमान् हुँदा श्रीमतीको जिम्मेवारी र बुबा बनिसकेको पछि सन्तानको जिम्मेवारी। रोदनै रोदनले भरिएको जीवन नै पुरुषको जीवन हो। हो त्यो पुरुष भित्रको पुरुष हुँ म।
घर सानो भएपनि सपना ठुला-ठुला नै थिए मेरा पनि । ती सपना र जिम्मेवारीको भार बोकेर म पनि हिँडे सपनाको सहर काठमाडौँमा। त्यहाँ जहाँ ठुला-ठुला इमारत त छन् तर त्यस्तै इमारत र महल जत्रा मन छैनन्। म त केवल एसएलसी दिएर आफ्नो गाउँ, आफ्नो ठाउँ छोडेर इमारतै इमारतमा कतै अलमलिएको एक किशोर जो सपनाको संसारबाट ब्युँझिएर झसक्क उठे झैँ अलमलियो भिडमा। तर आफूलाई सम्हाल्दै आफ्नो सपना र जिम्मेवारीको भार कम गर्न एउटा होटेलमा वेटरको काम गरेर गर्न थाले गुजारा र व्यहोर्न थाले आफैँ आफ्नो खर्च पढाइको। हुन त म पनि आफ्नो होस सम्हाले देखि 'इन्डिपेन्डेन्ट म्यान' हो तर किन हो कुन्नि यो ट्याग पुरुष लाई दिइँदैन, मलाई पनि दिइएन। केवल महिला कै लागि हो यो ''इन्डिपेन्डेन्ट वुमन' वाला ट्यागरु म पनि एक इन्डिपेन्डेन्ट म्यान थिए । आफ्नो किशोर अवस्थामा, जसको सपना ठुलो र वजनदार थियो। तर प्रशंसा कसैले गरेनन् । मनै त हो नि आखिर पुरुषको पनि। आखिर किन होला यस्तो भेदभाव ? पुरुष पनि मानवै त हो नि, जसलाई आफू इन्डिपेन्डेन्ट भएबापत सम्मानित र प्रशंसनीय बात सुन्ने मन भइहाल्छ नि। कति लेखूँ व्यथा नै व्यथाले भरेको मेरो कथा।
प्लस टु वेटर बनेरै सकियो ब्याचलर वार्डेन बनेरै सकियो त्यसपछि सुरु भयो मेरो सपना यथार्थमा परिणत हुने दिन। जुन दिनदेखि म से काठमाडौँको सैनिक विद्यालयमा प्राध्यापक भएर पढाउन थाले। वेटरदेखि प्राध्यापकसम्मको उपलब्धिमा नेपाल यातायातको भिड कहिले बिर्सिएन। हुन त गाउँबाट आएको थिए चप्पल लगाएर, काठमाडौँमा आएसी मेहनत र प्रयासले जुत्ता लगाउने भए। हुन त साधारणै कुरा हो जुन परिवेश र परिस्थितबाट म आएको थिए, मेरो लागि साधारण थिएन।
प्लस टु वेटर बनेरै सकियो ब्याचलर वार्डेन बनेरै सकियो त्यसपछि सुरु भयो मेरो सपना यथार्थमा परिणत हुने दिन। जुन दिनदेखि म से काठमाडौँको सैनिक विद्यालयमा प्राध्यापक भएर पढाउन थाले। वेटरदेखि प्राध्यापकसम्मको उपलब्धिमा नेपाल यातायातको भिड कहिले बिर्सिएन। हुन त गाउँबाट आएको थिए चप्पल लगाएर, काठमाडौँमा आएसी मेहनत र प्रयासले जुत्ता लगाउने भए। हुन त साधारणै कुरा हो जुन परिवेश र परिस्थितबाट म आएको थिए, मेरो लागि साधारण थिएन। म पनि कहीँकतै इमारते इमारत भएको सहरमा सहजै मिसिए मेरो पनि खुशीका ती मिठा दिन सुरु भयो जसमा मेरो जीवनको प्रेमिका मेरी मुना पनि थिई। आफू मदन सरह माया गर्न नसकेनी उनी मुना सरह माया गर्थी। उनी मेरो जीवनमा हुनु भनेको वसन्त ऋतुको आगमन भई उजाड लागेका रुखका हाँगाहरूमा नयाँ पातका पालुवा बिस्तारै पलाएको झैँ थियो। जीवन राम्रै चलेको थियो। चन्दमा नभएको कालो रात पनि सुन्दरै लाग्थ्यो आकाश। उजाड लाग्दो भने केही थिएन। सुन्दरै त लाग्छ नि सब थोक जीवन आफूले चाहे सरह चलेपछि, सुन्दरै लाग्छ चन्द्रमा मा भएको दाग, सूर्यको तप, सारा संसार, सारा जहान।
यसरी नै कट्यो मास्टर्स र साल २०६८ मा नेपाल कै पहिलो र सर्वोत्कृष्ट ल क्याम्पस नेपाल ल क्याम्पसमा र पद्मकन्यामा प्राध्यापक भए। जीवन अझ पनि सुन्दर र मिठो भयो, सबैको साथ र माया थियो, र थियो मेरो मुनाको साथ। चन्द्रमा भएपनि काले रात कस्तो हुँदो रहेछ भन्ने बात कहिले सोचेको पनि थिइन र महसुस पनि गरेको थिइन । सधैँ झैँ त्यो रात पनि सुटबुटका साथ बिहानै आफ्नो सदैवको गन्तव्य तिर लागे र समयमा नै फर्केँ। जीवन अझ पनि सामान्य नै थियो। रात पर्यो निन्द्रा पनि छिट्टै आयो, निदाए। के थाहा म दैवले बनाएको सामान्य मानवलाई दैवले त्यो रातलाई कालो मसीले लेखेको छ भाग्यमा मेरो। मध्यरातमा सब थोक थियो तर आनन्द थिएन। कालो बादलको छाया मेरो सुन्दर जीवनमा कसरी आफ्नो बास बनायो पत्तो नै भएन, सोच्ने मौका नै पाइन। जीवनमा मेरो मेघको गर्जन सहितको आँधी, बतास र पहिरो गयो। मेरो बायाँ पट्टिको हात र खुट्टा चल्नै मानेन। नौ म्याग्निच्यूटको भूकम्प जापानमा मात्रै कहाँ गएको थियो र, मेरो जीवनमा पनि त गयो, मेरो सारा खुसी इमारतै इमारातले भरेको सहरमा अचानक दबियो। चन्द्रमा भएर पनि कालो रातको अर्थ बल्ल बुझेँ, बल्ल बुझेँ समयको चाप। जापानले त फेरी आफूलाई निर्माण गरिहाल्यो तर मैले सकिनँ, सकिनँ पुनः म पहिले जस्तै हाँस्न, बोल्न र हिँड्न। जीवनै अँध्यारो भयो, आकाशै म माथि खसे झैँ जीवन भारी भयो, मन भारी भयो।
पुरुष न हो, महिला जस्तै किन रुन्छौ रुनु हुन्न भन्ने वाचनाले भरिएको समाजमा हुर्केको म पुरुष, त्यो रात त्यो बाँध पनि तेडे, र खुब रोए। त्यो रात त बिहान हुन नि कति हो कति समय घण्टौँ लाग्यो। सूर्यको पहिलो किरण त कति सुन्दर पो देखिन्छ बिहान तर त्यो दिन झुल्सि रहेको त्यो किरण मेरो आँखा मेरो शरीर र मन जस्तै। म अस्पताल त गए तर कुनै लाभ पाइन। जीवन जमिनको सतह देखि सयौँ फिटको गहिरो इनारमा पुग्यो। त्यो गहिरो इनारबाट पानी कम गर्ने प्रयास त सबैले गरे तर मेरो हृदय र जीवनबाट कम भएन पिडा। म त्यो अँध्यारो इनारमा कयौँ रात बिताए या यो भनौँ कि त्यो इनार नै बन्यो मेरो घर। जीवन त नर्क नै बन्यो मेरो। अब त मानिसको नजरले पनि बोच्न थाल्यो । लाग्न थाल्यो हरेकको नजरले मलाई हेरिरहेको छ। कसैले के भएको हो भनी प्रश्न गर्छ कि भन्ने डरले सताउन थाल्यो। हुन त सधैँ मजाले हिँडेको म अचानक यस्तो हुँदा किन नगर्थे र प्रश्न, बात नै त्यस्तो थियो।
धाउन त काठमाडौँका सबै अस्पताल धाए नपुगेको र नगएको कहाँ कि बाँकी रह्यो र ठाउँ। तर नाजुक को नाजुक नै रह्यो मेरो अवस्था, पीडाको पीडा नै रह्यो मेरो घाउ । त्यहाँ सम्म पुग्न थाले जहाँ विश्वास पनि यस्तो हुन पुग्यो कि अन्धविश्वासमा पनि विश्वास हुन थाल्यो । आत्मशंका र हीनता ग्रन्थिले यति छेप्न थाल्यो कि बिहानको सूर्य नदेखूँ झैँ लाग्न थाल्यो। तर मैले ''मलाई भन्दा पनि बढी मलाई माया गर्ने मेरा बाबु-आमा र सधैँ झैँ आज पनि माया गरिरहने मेरी मुनाको साथ र हौसलाले कतै बाँच्ने आशा पलायो। मेरो अस्तित्वले कसैको बेरङ्गिन जिन्दगीलाई रङ्गिन बनाएको देखे पश्चात् मरिसकेको दुभोमा पानीको सिँचाइले पुनः हराभरा बनाए झैँ म मा पनि बाँच्ने रहर पलायो। वसन्तदेखि हिउँद र हिउँददेखि वसन्त ऋतुको आगमन जस्तै मेरो सोचमा पनि परिवर्तन आयो। लाग्दै गयो यस्तो, यस्तै त रहेछ नि जीवन कहिले घाम त कहिले छाया कहिल्यै आँधी त कहिले बतास कहिले सुख त कहिले दुक्ख भनी मन बुझाएर आफूलाई उही अवस्थामा अँगाल्न थाले। यसरी नै बिती गयो जीवनको अझ दुई वर्ष।
अनि सुरु भयो मेरो श्रीमान् वाला जिन्दगी र हरेक सुख दुःखमा साथ दिने मुना नै भई मेरी सँगिनी। उसको साथ र समर्थन नै अतुलनीय थियो कि जीवन अझै सहज हुँदै गयो। प्रयास पनि जारी नै थियो उपचार पनि जारी नै थियो। बिती गयो वर्ष महिना र दिन म पनि रमाउन थाले आफ्नै परिस्थिति र रमाएरै पढाउन थाले ल क्याम्पस र पद्मकन्यामा। प्रश्न त सबैले गर्थे, सर ! के भयो हजुरलाई तर उनीहरूलाई के थाहा, गर्थे त्यही प्रश्न आफैँले आफूलाई के भयो मलाई यसरी नै बितिगयो जीवनको अझ तेह्र वर्ष। अरू दिन जस्तै सामान्य थियो त्यो दिन पनि तर संयोग भनौँ कि भनौँ भगवान् को इशारा। म त गएको थिए अस्पताल दिदीलाई तर उपचार म स्वयमको सुरु भयो।
मेरो तेह्र वर्षअघि रोकिएको जीवन फेरि त्यहीँबाट सुरु भयो। अज फेरि पनि पहिलेजस्तै हिँड्न थालेको छु। जीवनमा फेरि मेरो खुसी छायो। हरायो मेरो आकाशको कालो बादल। आज फेरी वर्षौँपछि सूर्यको पहिलो किरणले मन मिठो र आँखा आनन्दित बनायो। परिस्थितिबाट अलमलिएको म पी.एच.डी. गरूँ कि नगरूँ भन्ने अलमलमा परेको थिएँ
भगवानको इसारा नै त रहेछ नि कहिले भेट नहुने मेरो गाउँको साथी दिदी भएकै अस्पतालमा भेट हुन पुग्यो। कुरा हुँदै जाने क्रममा उहाँले मेरो अवस्थाबारे जान्न खोज्नु भयो र उहाँले बताउनुभयो आफूले चिनेकै एक जना डाक्टरको बारेमा। उनको सल्लाहले दिदी हेर्ने हेर्न गएको म त्यही क्षण निको हुने झिनो आशा बोकेर पाटन अस्पतालको डिनको ढोकासम्म पुगे। डिन सर सँगको मेरो पहिलो नै भेट थियो तर पनि उहाँको बोली, व्यवहार म प्रतिको सम्मानले मन प्रसन्न भयो। बर्सौँ देखि चिने झैँ महसुस भयो, आफ्नोपनको आभास भयो। कुरा हुँदै जाने क्रममा उहाँले भन्नुभयो, 'सर हामीबाट तपाईँको उपचार हुन त असम्भव झैँ देखिन्छ, तर म तपाईँलाई एक जना भाइको नम्बर दिन्छु, उहाँ ग्रान्डी इन्टरनेसनल अस्पतालमा न्यूरोलोजिस्ट हुनहुन्छ।' म पनि निको हुने आस बोकेर फेरि त्यही बखत आफ्नो सबै रिपोर्ट बोकेर हिँडेँ ग्रान्डी अस्पताल तिर। त्यो दिन भेट नै भएन।
भोलिपल्ट फेरी गए, उहाँको दिउँसोको ३ बजेसम्म मात्रै बिरामी हेर्ने जिम्मेवारी थियो तर म भने उनको क्याबिन सम्म पुग्दा तीन बजिसकेको थियोस मनमा डर पनि थियो, उहाँसँग भेट हुन्छ कि हुन्न भनेर। तर त्यो दिन म माथि भगवान् को कृपा पनि अपार नै थियो।हुनु पनि जायज नै हो आखिर यो अवस्था सम्म पुर्याउने पनि त भगवान् ले नै हुन्। धन्न डाक्टर शाव आफ्नो क्याबेन मै रहनुभएको रहेछ। आशले भरेको मेरो भेट भयो उहाँसँग र उहाँले मेरा पुराना सबै रिपोर्ट चेक गर्नुभयो। उहाँले मलाई हिँडाएर पनि हेर्नुभयो, र उहाँले मलाई भन्नुभयो तपाईँलाई न्यूरोलोजिकल प्रोब्लम भएको हो। म तपाईँलाई चाँडै दगुर्ने बनाउने छु, म गर्नेछु तपाइको उपचार। मेरो हृदय खुसीले रसायो। उहाँले मेरो अवस्थाबारे पत्ता लगाउनुभयो र सँगसँगै औषधि पनि दिनुभयो मेरो लागि यो तेह्र वर्षको समयावधिमा प्राप्त भएको सबैभन्दा खुसी र उपलब्धि थियो।
आशै आशले भरिएको म खुसी हुँदै औषधि लिएर फर्केँ। दुई तीन दिनको औषधीको सेवनले पीडै पीडाको दलदलबाट थोरै-थोरै निस्किन थाले। मेरो खुसीको कुनै सीमै रहेन। सुकिसकेको रुखमा नयाँ टुसा पलाए झैँ मेरो जीवनको पनि नयाँ सुरुवात भयो, पलायो मेरो जीवनमा पनि खुशीका नयाँ टुसा। मेरो तेह्र वर्षअघि रोकिएको जीवन फेरि त्यहीँबाट सुरु भयो। अज फेरि पनि पहिलेजस्तै हिँड्न थालेको छु। जीवनमा फेरि मेरो खुसी छायो। हरायो मेरो आकाशको कालो बादल। आज फेरी वर्षौँपछि सूर्यको पहिलो किरणले मन मिठो र आँखा आनन्दित बनायो। परिस्थितिबाट अलमलिएको म पी.एच.डी. गरूँ कि नगरूँ भन्ने अलमलमा परेको थिएँ तर निको भइसकेको म अब आफूले नै आफूलाई पी.एच.डी. को डिग्री लिने बाचा गरिसके। लेखेकी छिन् मेरा व्यथा नै व्यथाले भरिएको यो मिठो कथा मेरै एक विद्यार्थीले। म त केवल एक पात्र हुँ।
नाम:- बच्चुराम घिमिरे
जन्मस्थान:- ठिंगन -३, मकवानपुर
जन्म मिति:-२०४१ जेष्ठ १३
शिक्षा:- एस. एल. सी.(२०५७), आइ.ए.(२०५९), बी.ए.(२०६२), एम.ए(२०६४), एक वर्षे बी.एड(२०६६), मास्टर्स अफ फिलोसोफि इन इकोनोमिक्स(२०६९)
बिरामी भएको वर्ष:- २०६८
विवाह:- २०७१
निको भएको वर्ष:- २०८०